नमस्ते नेपाल रुपन्देहीद्धारा कोरोना भाइरस महामारीमा खटिएका एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई सम्मान

दिपेश राज नेपाल

रुपन्देही :रुपन्देहीको सबैभन्दा क्रियाशील सामाजिक संस्था नमस्ते नेपालले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ४ जना व्यक्तिहरुलाई शनिबार तिलोत्तमाको बनबाटिकामा सम्मान गरेको छ। आफू र आफ्नो परिवारलाई समेत जोखिममा पारेर खटिएका २ जना एम्बुलेन्स चालक र २ जना सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । आफ्नो ज्यान नै जोखिममा पारेर खटिएका उनीहरुलाई लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका हुन्।

सम्मानित हुनेमा तिलोत्तमा नगरपालिका रुपन्देहिका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी देवी चौधरीको नगरद्वारा संचालित स्कार्पियोलाई एम्बुलेन्स बनाई चलाउने चालकहरु राजु शर्मा र हरि ठाकुर तथा सुरक्षामा खटिएका प्रहरी जवान दिपेन्द्र कार्की र सुकनारायण श्रेष्ठ रहेका छन् ।

कोभिड्को दोस्रो भेरीयण्टले जनता त्राहि त्राहि भएको बेला दुवै जना एम्बुलेन्स चालक संक्रमितलाई अस्पताल पुर्‍याउने तथा संक्रमितको मृत्यु भएपछि दाहसंस्कारका लागि घाटसम्म लैजाने कार्यमा सहयोग गर्दै आएका थिए । कोभिड–१९ महामारीमा अरु एम्बुलेन्स चालकहरु खट्न नमानेको अवस्थामा उनीहरुले अगाडि सरेर सेवा दिएका थिए । यसैगरी सम्मानित हुनेमा दिनरात नभनी आइसुलेसन तथा सडक सुरक्षामा खटिएका प्रहरी जवान रहेका छन् ।

दुवै जना प्रहरी कर्मचारीले विरामीहरु औषधि व्यवस्थापनमा समेत सहयोग पुर्‍याएका थिए । नमस्ते नेपालले गरेको सो सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले युवाहरुले कोभिड्का बेला देखाएको सतर्कता सामाजिक क्रियाकलाप र स्वास्थ्य चेतनाका बिषयमा गरेको सेवा मुखी कार्यले आफुलाई उत्साहित बनाएको बताए। उनले जटिल स्वास्थ्य अवस्थाका बेला स्थानिय स्तरमा युवाहरुले समाजमा मिलेर कार्य गरेको र एम्बुलेन्स चालक समेत नपाएको अवस्थामा परिवार र आफैलाई समेत जोखिममा राखी कार्य गरेको र सुरक्षार्थ खटिएका प्रहरी जवानमा बिशेस शुभकामना सहित धन्यबाद ज्ञापन गरेका थिए।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकि नगर उप प्रमुख जागेश्वरी देवी चौधरीले नमस्ते नेपालले गरेको कार्य सर्हानिय रहेको र एम्बुलेन्स चालक र प्रहरी जवान हरुले देखाएको बहादुरिताले काम गर्ने हौसला र आगामी दिनमा समेत अरु युवाका लागि प्रेरणा दिएको बताइन।

उनले स्थानिय तहले दिएको सेवा सुविधालाई मध्यनजर गर्दै चालक हरुले बिपत्का बेलामा स्थानिय नगरबासी मात्र नभएर यस क्षेत्रकै बिरामी हरुका लागि उल्लेखनीय कार्य गरेको बताइन। नमस्ते नेपाल जस्तो संस्थाले यसरि खटिने लाइ सम्मान गरेको प्रति उहाले हार्दिक धन्यबाद समेत ब्यक्त गरिन।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष दधिराम गौतमले युवालाई एकबद्ध गर्न र प्रेरणा जगाउन नमस्ते नेपालले धेरै राम्रो कार्य गरेको बताए।उनले सहयोगको खाचो भएको बेलामा महामारीलाई थाति राखेर पराक्रम देखाएका एम्बुलेन्स चालक र प्रहरीलाई समेत धन्यबाद सहित सम्मान ब्यक्त गरे।

कार्यक्रममा बोल्दै नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले युवाहरुको प्रेरणाका लागि सधै एककदम अगाडी रहेर सेवा र सामजिक भावनाले अघि बढेको संस्थालाई सबैको साथले अझ अघि बढ्ने प्रेरणा मिलेको बताए। उनले महामारीका बेला जनचेतना दिने, औषधी, अक्सिजन, बिरामी परामर्श दिने र आत्मबल बढाउन सस्थाले प्रयास गरेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ, तिलोत्तमा नगरपालिकाकी नगर उप (प्रमुख जागेश्वर देवी चौधरी, तिलोत्तमा वडा नम्बर २ का अध्यक्ष दधिराम गौतम , नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारी, शेषकान्त भण्डारी, सम्मानित मध्ये प्रहरी जवानको तर्फबाट दिपेन्द्र कार्की लगायतले मन्तब्य राखेका थिए।

सामाजिक दुरी र स्वाथ्य मापदण्ड अपनाई शुरु गरिएको सो कार्यक्रमको स्वागत नमस्ते नेपालका उपाध्यक्ष मनिष भुसालले गरेका हुन् भने कार्यक्रमको संचलान सचिव निरन्जन खरेलले गरेका थिए ।