एन्फा महासचिवमा किरण राई मनोनित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो ।

अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।