ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु

सुर्खेत : ट्रक दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

भीमबहादुर सो ट्रकका चालक हुन् ।कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो । दुई जना ट्रकमुनि च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनबाट शव निकालेको थियो । उक्त ट्रक दाङबाट सिमेन्ट र सरिया लियर जाजरकोटका लागि छुटेको प्रहरीले जनाएको छ ।