माओवादी केन्द्रले दयो जनप्रतिनिधिलाई बधाई

दिक्षान्स खड्का

हेटौंडा : नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

नेकपा माओवादी केन्द्रको हेटौंडा ४ स्थित पार्टी कार्यालमा आयोजित कार्यक्रममा उनीहरुलाई खादा र टिका लगाएर बधाई ज्ञापन गरिएको हो । कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी,आसा नेपाली,बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु),मकवानपुर संयोजक सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो । मकवानपुरको दश स्थानीय तहमा एकसय २६ जना जनप्रतिनिधि निर्वाचित भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले बताए ।

उनका अनुसार एक मेयर,एक पालिका अध्यक्ष,पाँच पालिका उपाध्यक्ष र २४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । ९५ जना वडा सदस्य, ८ जना कार्यपालिका सदस्य मनोनित र एक जना जिल्ला समन्वय समितिको सभापति निर्वाचित भएको पाख्रिनले बताए ।