‘चुनावको थकाइ यहाँ नदेदाउनु, पत्रकारले खोजी खोजी फोटो खिच्लान्’ : ओली

काठमाडौं :काठमाडौंको राष्ट्रिय सभा गृहमा भइरहेको एमालेको प्रशिक्षण कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा खट्दा थकाइ लागे पनि कार्यक्रममा ननिदाउँन आग्रह गरेका छन् ।

देशभरबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुरु गरेका उनले यस्तो बताएका हुन् । केहीबेर अघि सुरु भएको प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि निदाउन थालेपछि अध्यक्ष ओलीले उनीहरुलाई सचेत गराएका छन्। उनले दुई पटकसम्म जनप्रतिनिधिलाई ननिदाउन आग्रह गरे।

ओलीले प्रशिक्षण सुरु गर्दा नै केही प्रतिनिधि निदाउन थालेपछि उनले सचेत गराएका हुन्।अगाडि क्यामेराहरूबाट लाइभ भइरहेका छन्, पत्रकारले खोजी खोजी फोटो खिच्लान्, जोगिनुस्, उनले भने।

उनले चुनावमा खट्दा थकाइ लागे पनि ननिदाउन भने। चुनावमा थकाइ लागेको होला ननिनादाउनु होला, सम्भवत लाइभ भइरहेको होला, ओलीले भने, यो क्यामेरावालाहरुले तपाईंहरु जता निदाउनु भएको छ, त्यतै खिच्नुहुन्छ। तपाईंहरु याद गर्नुहोला । ’