भारत : म:म काे डल्लो अड्किएर एकको मृत्यु

भारत : सबैको प्रिय खाजा म:मको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ । म:म खादा होस पुर्याउन भारतीय डाक्टरहरुको संस्था एम्सले स्वास्थ्य चेतावनी जारी गरेको छ ।

एम्सका फोरेन्सिक विज्ञहरूले ती पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘ होसियारीका साथ निल्न ’ सुझाव दिएको छ । उनलाई भारतको दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा म:म खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा म:मको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।