फरक धारको चलचित्रहरु खिच्न रुचाउने आलोक शुक्ला : आखाँको छायाँकारमा छानिए आलोक

छायाँकार आलोक शुक्लाको जन्म कपिलबस्तु मायादेबी नगरपालिकाको गाउ बार्कुलमा भएको हो l सानैदेखि सिनेमा हेर्न रुचाउने आलोकले एल.एल.बि. मा स्नातक तह पास गरेपछि के गर्ने भन्नेमा अन्योलमा थिए l

“बाल्यकाल देखिको इच्छा रहेको क्षेत्र रोज्न मन लाग्यो l घरमा भने, सुरुमा मान्नु भएन l पछि तेरै जिन्दगि हो, जसरि बिताउछस बिता भन्नुभयो l म फुरुङ्ग भएर फिल्म स्कुल जोइन गर्न मन लाग्यो l कहाँ गर्ने भनेर धेरै ठाउमा सोधे l पछि इंडियाको पुनेमा रहेको प्रतिक्षित फिल्म एंड टेलिभिजन इन्स्टीटुट अफ इंडिया  मा स्कोलरशिपको लागि आबेदन भरे l

पहिलो प्रयाशमा सफल भइन, फेरी दोस्रो पल्ट आबेदन दिए, दोश्रो पल्ट भने नाम निस्कियो l त्यहाँबाट सिनेमाटोग्राफीमा मास्टर डिग्री गरे l अझ धेरै कुरा सिक्नु छ भनेर बल्लीउडको फिल्महरुमा सेकेन्ड युनिट, सहायक छायाकार भएर काम गरे l नेपालमा पनि राम्रो र फरक कन्सेप्टहरुमा फिल्महरु बन्दै थिए l

मलाई पनि आफ्नो देश मै गएर आफुले सिकेको कुरा देश कै लागि गर्न मन थियो l सोच्नु पर्छ मिलिहाल्छ भने झैँ ‘कलम’ वृत चलचित्रको अफर आयो l मैले केहि नसोची नेपाल आइहाले l यहि वृत चलचित्र भुसानमा सेलेक्ट भयो l”

यहि जेष्ठको अन्तिम साता छायाकनमा जाने चलचित्र ‘आखाँ’ मा छायाकारको रुपमा काम गर्न लागेको आलोक शुक्लाले बताए l यो भन्दा अगाडी निर्देशक जौन योन्जन कै अर्को चलचित्र ‘म राजेश हमाल’ मा काम गरिसकेकोले आफ्नो र निर्देशकको राम्रो टुनिंङ्ग मिलेको छ l

कथाको मुड, भन्न खोजेको न्यारेटिभमा खिच्न रुचाउने आलोक भन्छन ‘छायाकारको धर्म भनेको निर्देशकले सोचेको लयलाइ साथ दिने हो नाकी निर्देशकलाइ नै ओभर टेक गर्ने हो’ l पटकथा अनुसार इमेजको कम्पोजिसन र लाइटीङ्ग गर्न रुचाउने आलोक नेपाली चलचित्रहरुले आफ्नै कथा बोल्नु पर्छ भन्नेमा जोड दिन्छन l यस अघि खिचेका चलचित्रहरुमा लाउरे, अमेरिका बोएज, लभ स्टेसन, सानो मन, तिन जन्तु रहेका छन l