आजदेखि प्रसारण हुने भनीएकाे ` कमेडी हब ´ जेठ १८ गतेदेखि प्रसारण

निराज रानाभाट
काठमाडौं : हाँस्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) को निर्देशनमा रहने हाँस्य व्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘ कमेडी हब ’ जेठ ११ गते , बुधबार ( आज ) देखि हरेक हप्ता प्रसारण हुने भनीएकाे कारणवश यहीँ जेठ १८ गतेदेखि प्रसारण हुने भएको छ ।

युवा हाँस्य व्यङ्ग्य कलाकार राजा राजेन्द्र पोख्रेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपी वानबाट हरेक बुधबार राति ८ बजे पश्चात आउने भएको छ ।

एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो । कार्यक्रममा केदारप्रसाद घिमिरे ( माग्ने बुढा ),राजा राजेन्द्र पोख्रेल,हिमेश पन्त , सुवोध गौतम , राजेन्द्र नेपाली ( लट्टे ) , जानुका पौडेल ( प्याकुली ) , दिलीप तामाङ ( हुरहुर ) , खड्गबहादुर पुन ( खबपु ) , प्रभात लामा , संगम राई ( लब्ली ) , नारिया गिरी , राधिका कँडेल , बेदना राई ( मैना ) , सीता न्यौपाने , अनिल राई ( आम्बो ) , दीपेन्द्र प्रसाईं , कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किने छन् ।

जनकदीप पराजुलीको प्रविधि निर्देशन , सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक , प्रहसन , स्ट्याण्डअप , प्यारोडी , हास्यकविताका विधा समेटिने जनाइएको छ ।