चलचित्र ‘आखाँ’को मुख्य नायिकाको रुपमा भित्रिइन् नायिका अस्मिता लामिछाने

चलचित्र ‘आखाँ’को मुख्य नायिकाको रुपमा नायिका अस्मिता लामिछाने भित्रिएकी छिन् । सधै कडा परिश्रम र आत्माविश्वासमा विश्वास गर्ने अस्मिता लामिछाने बुलन्द अभिनय गर्ने नायिकामा पर्छिन l भर्खरै चलचित्र ‘म राजेश हमाल’ मा मुख्य भूमिका निर्वाह गरेकी अस्मिता भन्छिन’ चलचित्र म राजेश हमालले मेरो अभिनयमा निकै निखारता र म मा आत्माविश्वास पैदा गरेको छ l पात्रमा डुबेर काम गर्ने र इमान्दार भई काम गर्ने गरेकी छिन l बिभिन्न फरक भूमिका निर्वाह गर्न रुचाउने नायिका अस्मिता चलचित्र आखाँमा आफु फरक भूमिकामा देखिने बताएकि छिन l यो मेरो तेस्रो फिल्म हो l यसअघि मुख्य नायिका भइ काम गरेकी अस्मिताको चलचित्र बाह्र सताइस रिलिस भइसकेको छ l पृथ्बी गोलो रहेको र दुख गर्दै जानु पर्छ l एक दिन समय आउने रै’छ l त्यसैले अभिनय क्षेत्रमा संघर्ष गर्दै यहाँ आइपुगेकी बताउछिन l संघर्षले नै अभिनय सिकाउने रै’छ l

लामा सिनेमाको ब्यानरमा बन्न लागेको यो फिल्मलाइ ढाका टोपी र साइलेन्ट एक्टले सहकार्य गरेका छन l चलचित्रमा यस अघि बुद्धि तामांङ्ग, पशुपति राइ, निशा अधिकारी, विजय बराल, रबिन्द्र झा, प्रविन खतिवडा, राजन खतिवडा, आर.के. मेहता, अभय बराल, लुनिभा तुलाधार, सरोज लामिछाने (नेपाली अनुपम खेर) अनुबन्धित भइसकेका छन् l जौन योन्जनको लेखन र निर्देशन रहने चलचित्र चाडै फ्लोरमा जाने निर्माण पक्षले बताएका छन l