आइआईएमएस कलेजको आयोजनामा राजधानीमा होली सेलिव्रेशन कार्यक्रम समापन

सुजन तिमल्सिना, काठमाडौं : रङ्गहरूको पर्व होलीको अवसरमा आइआईएमएस कलेजको आयोजनामा राजधानीको धोबिधारामा होली सेलिव्रेशन कार्यक्रम समापन भएको छ ।

कार्यक्रममा परिवर्तन व्यान्ड र सविन राईको द फारोह व्यान्डको प्रस्तुती रहेको थियो । साथै, कार्यक्रममा कलेजका विद्यार्थीहरूले साङ्गितिक तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मलेसियाको क्वालालम्पुरस्थित टेलर्स युनिभर्सिटीबाट सम्बन्धन प्राप्त इन्टिच्युट अफ इन्टरन्याशनल म्यानेजमेन्ट,(आइआईएमएस) त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यसियन कलेज अफ हायर स्टडिज, (एसियाच्यास् ) मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट,आइटी (यालआइसियाम्,आइटि) कलेजहरूका विद्यार्थीहरूको संयुक्त उपस्थिति रहेको थियो ।

होली पर्वको अवसरमा आयोजित उक्त मनोरञ्जनात्मक कार्यक्रम हालसम्मकै उच्च महत्त्वपूर्ण कार्यक्रमको रूपमा लिइएको आइआईएमएस कलेजले जनाएको छ । मलेसियाको क्वालालम्पुरस्थित यु.सि.एस.आई युनिभर्सिटीबाट सम्बन्धन प्राप्त आइआईएमएस कलेजले विद्यार्थीहरूमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ । सन् २०१० मा स्थापना भएको आइआईएमएस कलेजले मलेसियाको युसिएसआई, विश्वविद्यायबाट सम्बन्ध लिएर नेपालमै गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित इन्टिच्युट अफ इन्टरन्याशनल म्यानेजमेन्ट, आइआइयामयसले, आइटी, बिएचएम, तथा बिबिए कोर्शहरू संचालन गर्दै आएको छ