आठराईका आगलागी पिडितलाई नेपाली कांग्रेस आठराईद्वारा राहत वितरण

 सुमन आचार्य , तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका ६, चुहानडाँडामा भएको आगलागी पिडित लाई बुधबार नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमितिले खाद्यान्न चामल नुन तेल दाल र नगद सहयोग गरि पिडितकाे अत्यावश्यक दैनिकी चलाउनकाे केही हद सम्म भए पनि सहयोग हुने आसाम राहत वितरण गरेको नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमिति सभापति दिलकुमार पाहिमले जानकारी दिएका छन् ।

आगलागीबाट एक घरमा क्षति भएको थियोे । घर संगै एउटा ग्वाली जलेर पूर्णरुपमा खरानी भएको छ । मंगलबार साँझ ६ बजे साविक चुहानडाँडा ५ को मंसारिमा अविचन्द्र घिसिङको घर र ग्वालीमा आगलागी भएको थियो । आगलागीबाट नगद ५ लाख रुपैया, तीन तोला सुन, अन्न, लत्ताकपडा लगायका सम्पुर्ण समानमा क्षति पुगेकाे प्रहरीको प्रारम्भिक विवरण छ । आठराई गाउँपालिकाको दम्कल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियोे ।