लक्की मिडिया हाउसको वरिष्ठ सल्लाहकारमा चलचित्रकर्मी ‘ राजा ‘ चयन , देशभर शाखा विस्तार गर्ने तयारी

 निराज रानाभाट

चितवन : नेपाली चलचित्र उद्योगका चर्चित हस्ती , कलाकार तथा निर्माता चेतबहादुर सिंह ‘ राजा ‘ मोफसलकै चर्चित लक्की मिडिया हाउसको वरिष्ठ सल्लाहकारमा चयन भएका छन ।

चितवन जिल्लामा बसेको विशेष बैठकले वरिष्ठ सल्लाहकारमा चेतबहादुर सिंह ‘ राजा ‘ लाई चयन गरेको लक्की मिडिया हाउसका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले बताए । सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आएका छन । उनले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गरेका छन ।

उनले विभिन्न सामाजिक संघ / संस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय , अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आएका छन । सिंह नेपाल चलचित्र कलाकार संघका महा – सचिव पनि हुन। लक्की मिडिया हाउसका महा -प्रबन्धक ‘ लक्की ‘ ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले निरन्तरता दिदै आएको बताए । विभिन्न क्षेत्रका व्यत्तित्व , शुभेच्छुक , विज्ञापनदाता लगायतको सहयोग , प्रेरणा र उर्जाबाट नै मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाइ छ ।

मोफसलमै रहेर पनि सूचना , समाचार , कला संस्कृति , स्वास्थ्य तथा मनोरञ्जनको क्षेत्रमा निरन्तर अघि बढिरहेको लक्की मिडिया हाउसले नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो , प्रिमियर शो , विशेष शो , च्यारीटी शोे , एकल साँझ , विभिन्न सांगीतिक कार्यक्रम र अवार्ड लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।

यसको साथ साथै लक्की मिडीया हाउसले राष्ट्रिय तथा स्थानीय कलाकार , साहित्यकार , उद्यमी व्यवसायी , स्वास्थ्यकर्मीलाई समेत उर्जा र प्रेरणा थप्ने जमर्को गर्दै उनीहरुले समाजमा पुर्याएको योगदान र भूमिकाको कदर गर्दै सम्मान र पुरस्कृत गर्दै आएको छ । लक्की मिडिया हाउसको अहिले चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा रहेको छ ।