कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

 चितवन : पछिल्लो समय दिनप्रति दिन कोरोना भाइरस ( कोभिड – १९ ) को संक्रमणदर बढेसंगै नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ ।
यहीँ माघ ६ गते  देखि माघ २९ गते  सम्म नित्यवाहेकका पूजामा रोक लगाउने निर्णय गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए ।
माघ ४ गते , मंगलबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । मन्दिरमा भक्तजनबाट हुने बलीपुजा , लाखबत्ती बाल्नेजस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ ।