चितवनमा विवाह ब्रतबन्धजस्ता धार्मिक कार्य गर्दा प्रशासनको स्वीकृती लिनुपर्ने

बढीमा ५० जना मात्र उपस्थिति रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि प्रमुख जिल्ला अधिकारबाट  स्वीकृत लिई विवाह , ब्रतबन्ध , न्वारान तथा पास्निजस्ता धार्मिक , सांस्कृतिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने  प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको आदेशमा उल्लेख गरिएको छ

चितवन : पार्टी – प्लालेसमा विवाह , ब्रतबन्धजस्ता धार्मिक कार्यक्रम गर्दा जिल्ला प्रशासन कार्यालय चितवनमा स्वीकृत लिनु पर्ने भएको छ ।
जिल्लामा कोरोना भाइरस ( कोभिड – १९ ) का बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले पाटी – प्लालेसलाई विवाह , ब्रतबध , न्वारान तथा पास्निजस्ता धार्मिक कार्यक्रमका लागि पुर्व स्वीकृती लिन अनुरोध गरिएको हो ।
 पार्टी – प्यालेसमा १ पटकमा कुल क्षमताको बढीमा १ तिहाईमा नबढ्ने गरि बढीमा ५० जना मात्र उपस्थिति रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि प्रमुख जिल्ला अधिकारबाट  स्वीकृत लिई विवाह , ब्रतबन्ध , न्वारान तथा पास्निजस्ता धार्मिक , सांस्कृतिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने  प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी सावधानि अपनाउन २४ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको आदेशमा भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित हुने सबै प्रकारका सभा , सम्मेलन , प्रर्दशन , मेला – महोत्सव सञ्चालन गर्न रोक लगाइएको छ । गोष्ठि , सेमिनार , बैठक तथा विद्यालयका कक्षा सञ्चालन यहीँ माघ १५ गतेसम्म नगर्न उल्लेख गरिएको छ ।
सिनेमा हल , डान्स बार , दोहोरी तथा नाँचघर र जिम हलहरु पनि माघ १५ गतेसम्म सञ्चालन गर्न रोक लगाइएको छ। अन्य व्यवसाय सञ्चालन गर्दा २५ जना भन्दा कम राखेर सञ्चालन गर्न भनिएको छ । प्रशासनले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरेको छ । सार्वजनिक स्थलहरुमा निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ ।
यस्तो छ प्रशासनको आदेश :