सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०७ , कृष्णपुरमा रहेको कृष्णपुर रंगशालामा “ सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल – २०७८ ” अन्तर्गत माघ  मंगलबार  २ खेल हुँदै छ ।
मंगलबारको पहिलो खेलमा दिउँसो ०१:०० बजे नारायणी फुटबल क्लब हुँदै छ । दोस्रो खेलमा दिउँसो ०३:३० बजे एस्ट्रल युथ सोसाइटी र बगान यात्रा ग्रुपबीच हुँदै छ । शिर्ष २ मा रहँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न मंगलबारको खेल जित्नै पर्ने दबाब छ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा गत पुस २० गतेदेखि शुरु गरिएको लिग यहीँ माघ ०८ गतेसम्म चल्ने छ । लिगमा १३ टोली सहभागी छन् । लिग विजेताले ट्रफी सहित १ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उप – विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै , तेस्रो र चौथो हुने टोलीले समान २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।