माघ ४ गतेसम्म हुने भनिएको ` १३ औं चितवन महोत्सव – २०७८ ´ चौथो दिनमै समापन

चितवन : आउँदाे माघ ४ गतेसम्म हुने भनिएको ` १३ औं चितवन महोत्सव – २०७८ ´  चौथो दिन पुस २८ गते , बुधबारनै समापन गरिएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गरेका हुन । “ कोरोना महामारीको जोखिमका कारण हामी चौथो दिनमा महोत्सव समापन गर्दै छौँ ,” अध्यक्ष श्रेष्ठले भने ,“ अर्को वर्ष हामी १४ औं संस्करणको महोत्सव गर्नेछौँ ।
  १३ औं चितवन महोत्सव – २०७८ ´ को चौथो दिन बुधबारकाे साँस्कृतिक कार्यक्रममा नारायणी कला मन्दिर , नारायणगढकाे साथसाथै अन्य प्रस्तुति रहेको थियो भने जादुगर बलराम सरकारकाे समेत प्रस्तुति रहेको थियो ।
महोत्सवकाे चौथो दिनमा सयौं व्यक्तिहरुले अवलोकन गरेका थिए । ४ दिनमै महोत्सव स्थगन गर्नु परेपछि महोत्सव मूल आयोजक कमिटीले चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । कोरोना महामारीको सङ्क्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसँगै महोत्सवको समयावधिअगावै समापन गरिएको हो ।
तश्विरहरु : निराज रानाभाट