हेटौंडामा पृथ्वी जयन्ती मनाइयो

मकवानपुर : हेटौंडामा ३ सय औँ पृथवी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । मंगलबार पृथवी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह समिति मकवानपुर, हेटौंडाको आयोजनामा हेटौंडाका विभिन्न चोकहरुमा सांस्कृति कार्यक्रम र र्‍यालीसहित जन्मजयन्ती मनाइएको हो ।

 

कार्यक्रममा सहभागि काठमाडौँका केशव आचार्यले आज पृथवी जयन्तीको अवसरमा पारेर कार्यक्रम मनाउने गरेको नभएर नेपाल जयन्तीको अवसर मनाइएको बताए । हामी सबैले पृथवी जयन्ती मात्र सोचनु गलत रहेको उनको भनाई छ । ‘पृथ्वीको भूमि नेपाल रहेका कारण यो नेपाल जयन्ती रहेको छ । पृथवीनारायण नभएको भए पहिलाको समयमा नै अरु देश जस्तै नेपाललाई पनि ब्रिटिसहरुले आफ्नो अधिनमा लिन सकिन्थ्यो । आज यो र्‍याली निकालनुका मुख्य कारण हामीले सरकारलाई ध्यानाकर्षण समेत गराउँन खोजेका छौँ । अहिलेको राजनीति देशलाई विखन्डन गर्ने तथा देश बेच्ने किसिमको काम भइरहेको छ । त्यो सबैलाई हामीले सवधान गराउनका निम्ति यो र्‍याली निकालेका हौँ’ उनले भने ।शाहिसखि नेपाल मकवानपुर जिल्लाको संयोजक विवेक विक्रम शाहले आजको दिन सर्वसधारण बाहेक सरकारले बुझ्नुपर्ने दिन रहेको बताए । ‘जुन हामीले गर्भका साथ भन्ने गरेका छौँ कि म नेपाली हौँ । हामी विर गोर्खालीका सन्तान हौँ । यो पहिचान हामीलाई पृथ्वी नारायण शाहले दिनु भएको छ । मेरी क्रिसमस शनिबार भएका दिन पनि नेपाल सरकारले सार्वजनीक बिदा दिन हुने तर नेपाललाई एकीकरण गरेका महान व्यक्तित्व पृथ्वी नारायणको जन्म जयन्ती दिवसका दिन सार्वजनिक बिदा दिन नहुँने’ उनले भने ।

 

सरकारले हामीलाई के सिखाउन खोजेका छन् भनेर उनले प्रश्न समेत गरे । हेटौंडाको राप्तीरोड अगाडीबाट सुरु भएको र्‍याली सिमाचोकमा कोणसभामा परित भएको कार्यक्रम समापन भएको थियो।