सत्कार बचत तथा ऋण सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न(फोटो सहित)

चितवन : सत्कार बचत तथा ऋण सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ को सभापति तथा भरतुर महानगरपालिका वडा न २४ का वडा अध्यक्ष कान्छा मल्लको प्रमुख आतिथ्यतामा सिद्धार्थ माध्यमिक विधालयको प्राङ्गणमा सम्पन्न भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाले आ।ब २०७८ आषाढ ३१ सम्मको शेयरपूँजी ३ करोड ३३ लाख  रहेको  बताएको छ ।

भरतपुर महानगरपालिका वडा न २४ का वडा अध्यक्ष कान्छा मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरु भरतपुर महानगरपालिका वडा न २४ का वडा सदस्यहरु वुद्धलाल घिसिङ,अबिर वहादुर विक, हिरा कुमारी विक, विम कुमारी विक र केरुङ्गा कृषि सहकारीका अध्यक्ष जनक राज पुरी रहेका थिए ।

सधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरिक, २०७८ मा एस .इ .इ मा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीहरु,असल ऋणि र उत्कृष्ट कर्मचारि आदिलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा  शेयर सदस्यहरु, विभिन्न सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

 

केहि तस्बिरहरु :