चितवनको चुम्लिङ्गटारमा निर्माणधिन रिभर फन जिपलाईनको टेष्ट फ्लाईङ सफल

निराज रानाभाट
चितवन : गोरखाको गण्डकी गाउँपालिका – १ , बुट्टारमा अवस्थित रिभर फन बिच रिसोर्टले निर्माण गर्दै आएको रिभर फन जिपलाइनको टेस्ट फ्लाइङ गरिएको छ ।

निर्माण कार्य सकिएको उक्त जिपलाइनको सफलतापुर्वक टेस्ट फ्लाइङ गरिएको रिभर फन बिच रिर्सोटका प्रबन्धक शंकर अधिकारीले जानकारी दिए । आउँदो माघ १ गते माघेसन्क्रान्तीको दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम तिब्र गतिमा भइरहेको उनले बताए । २ वटा रोपमा एकै पटकमा २ जनाले करिब ४० सेकेन्डमा दुरी तय गर्न सकिने उनले बताए । यसका साथै स्काई रोप साइक्लिङ र रिसोर्ट परिसर भित्रै निर्माण भइरहेको एड्भेन्चर किड्स पार्कको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

करिब २ करोडको लागतमा निर्माण भइरहेको हाइवेको छेउमै रहेको यस प्रकारको साहसिक खेलले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलैसँग आकर्षित पार्न सकिने उनको बिश्वास रहेको छ । नदी माथिबाट जिप लाइनमा यात्रा गर्न सकिने यो नै नेपालको सम्भवत पहिलो जिप लाइन भएको उनको दाबी रहेको छ ।

यससँगै कम्पनीले रिसोर्टको क्षमता पनि विस्तार गरेको छ । २० वटा एसि डिलक्स रुम सञ्चालन गर्दै आएको रिसोर्टले १० वटा एसि डिलक्स रुम थप गरि ३० पु ¥याइएको छ । ५ वटा ग्रुप रूम जसमा एउटा रूममा ८ जना बस्न मिल्ने छ ।

रिर्सोटमा १ रातमा ३ सय ५० जनासम्म पाहुना राख्न सकिने र १ सय ५० जना क्षमताको सेमिनार हल पनि रहेको छ । शुरुवाती चरण देखि नै ¥याफ्टिङ सञ्चालन गर्दै आएको रिसोर्टले विभिन्न समयमा लाइभ कन्सर्ट लगायत अन्य मनोरञ्जनात्मक कार्यहरु पनि गर्दै आएको छ ।