दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी चरङ्गे युवा क्लवलाई

धादिङ्ग : दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी चरङ्गे युवा क्लवले जितेको छ ।

नेत्रावती डबजोङ्ग गाउँपालिका-४ सेल्लेमा सोमबार भएको फाईनल खेलमा आयोजक छोईलिङ्ग युथ क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै चरङ्गे युवा क्लबले उपाधी जितेको हो ।

प्रतियोगिताको बिजेता बन्न सफल चरङ्गे युवा क्लबले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको छोईलिङ्ग युथ क्लवले नगद रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै सेमिफाइनलिस्ट दुई टिम डि.एफ.सि. धादिङ र ब्रादी युवा क्लबले नगद रु आठ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

वागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्र धादिङका नेता रामबहादुर भण्डारी, प्रदेश खेलकुद परिषदमा सदस्य सचिव, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, स्थानीय राजनीतिक दलका नेताहरु, समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

छोइलिङ युवा क्लवको आयोजनामा मंसिर २७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको थियो ।