आज पौष ५ गते सोमवारको दैनिक राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ ।

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थ अभावले काम रोकिने सम्भावना छ । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पुरानो रोगले सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउने छ । पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मक : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
आफ्नै कमजोरीले ढिला सुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्यावसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।