आमा : जनयुद्दमा आमाको चिन्ता गर्दै , सास छोड्नेहरुको गीत

काठमाडौं : दयाहाङ राइ र पशुपति राईको मुख्य भूमिकामा अभिनय रहेको गीत “आमा” सार्वजनिक भएको छ । दीपा राई पुनले लेखेको गीतलाई राजेश पायल राईको स्वरले सुसजित गरी अमुर्त रुप दिएको छन्।

दन्दकालको समयमा फसेका हरेक परिवारका आफ्नै कथा छन् , ब्यथा छन् ।कोहिले छोरा  गुमाए , कोहिले श्रीमती गुमाए , कसैले छोरी त कसैले बा – आमा गुमाए , कसैले गुमाए आफैलाई र कसैले केहि बाकि नरहने गरी गुमाए । के गुमाए , के पाए कसैले हिसाब गरेनन , कसैको हिसाब नै नरहने गरि गुमाए । तिनै कथा भित्रको एक आमाका लागी छोराको  बिलौना हो गीत “आमा” ।

पछिल्लो समय म्युजिक भिडियोका चर्चामा रहेका निर्देशक किरण चामलिङ राईको निर्देशनमा रहेको म्युजिक भिडियोमा  संकटकालको परिदृश्य मार्फत कथा बुनेका छन् किरणले ।देशको परिस्थितिले घरमा बुढी आमा लाई छोडेर ज्यान गुमाउन पुग्ने एक छोराको कथा , अथवा बिवस्ताले घर छाड्न पुगेका छोराको पर्खाईमा रहेकी आमाको कथालाई देखाएका छन् ।

अभिनयमा दयाहाङ राई नेपाली सिने जगतमै उदाहरणिय व्यक्तित्व हुन , र पशुपति राई पनि आफ्नो कलाकारिताले सबैको मन लोभ्याएकी कलाकार हुन् । यस गीतमा आफ्नो प्रस्तुतीले झनै मन लोभ्याएका छन् दुवै मुख्य कलाकारले । माओबादी लडाकुको रुपमा देखिएका बिबस राईको पनि छोटो , मिठो चरित्र छ । म्युजिक भिडियोलाई  भुपेन्द्र तुम्बाहाम्फेले  छायांकन गरेका छ्न भने अनिल रानाले सम्पादन गरेका छन् ।

आमा गीतको म्युजिक एरेन्ज राजु कार्कीले गरेका हुन् भने डी आर अटु’ले संगित भरेका छ्न् ।

भिडियो हेर्नुहोस