ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन सुरू

काठमाडौं : नेपाल सांस्कृतिक पुर्नजारण अभियान, नेवाः अभियान र उपत्यका व्यापी सडक बिस्तार पीडित संघर्ष समितिको संयुक्त संयोजनमा शिल्पी थिएटरको प्रस्तुतीमा ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन सुरू भएको छ ।

मंसिर ११ गते शनिवार ललितपुरको चापागाउँ र थेचोमा प्रदर्शनी गरि देखाइएको नाटक आज कीर्तिपुरको पांगादवलीमा ४ बजेर ३० मिनेटमा नाटक मञ्चन गरेर देखाइने भएकाले सो नाटक हेर्न आह्वान गरेका छन् ।

संयोजनमा नेपाल सांस्कृतिक पुर्नजारण अभियानका संयोजक असोज महर्जन, नेवाः अभियानको संयोजक रबिन्द्र कुमार श्रेष्ठ र उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीको सुमन सायमी रहेका छन् ।

सो कार्यक्रममा नेवाः अभियानको तर्फबाट रविन्द्र कुमार श्रेष्ठले अहिले उपत्यकामा बिकास सम्बन्धी नयाँ बहस सृजना भएको जनाउँदै उपत्यकाको विकासकाे नाममा एकातिर उत्पादनशिल भूमि लुटिरहेको छ भने अर्को तिर यहाँको सम्पदा, संस्कृतीको दोहन भएको र सडक विस्तारकै नाममा पनि बिना मुअब्जा गैरन्यायिक रुपमा घरहरु भत्काइएको बताउनु हुन्छ।

भाषा, संस्कृति, सम्पदा जोगाउने सम्पूर्ण नेपालीको कर्तव्य रहेको भएता पनि फास्ट ट्राय्कको नाममा किसानहरु भुमि हड्प्ने तथा बालाजु बाईपासमा विना कारण ३९ घर भत्काएर पनि मुउब्जाको नाममा एक रुपैयाँ नदिएको प्रती ध्यानाकर्षण गराएका छन्। सो नाटकलाई मनोरञ्जनका लागि मात्र नलिइ जागरणको रुपमा लिन अनुरोध गर्दै अधिकार प्राप्तीको सुनिश्चितका लागि सो नाटक बालाजू बाइपासमा समापन गर्ने कार्यक्रम रहेको जनाए ।

हलिं नेवाः गुथिका संयोजक शान्ता प्रकाश श्रेष्ठका अनुसार सडक विस्तारबाट नेवार समुदायमाथि सुनोयिजित ढंगबाट विस्थापनको योजनाका साथ अघि बढिरहेकोप्रति राज्यलाई खबरदारिकालागि कार्यक्रमको आयोजना गरिएकाे अगवत गराए ।

अहिले नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनितिक दमन बिरुद्धको जागरण यात्रामा नेवाः अभियानको संयोजनमा शिल्पी थिएटरद्वारा मुक्त रङ्गमञ्च अभियान अन्तर्गत नाटक “ठुला माछा साना माछा“ (तःरिम्ह न्याँ ः चिरिम्ह न्याँ) को मन्चन भैरहेको छ।

सो नाटक उपत्यकाको विभिन्न १० स्थानमा प्रदर्शन गर्ने योजना रहेको छ। अन्तमा: नाटकको समापन बालाजु बाइपासमा गर्ने योजना रहेको छ । उक्त अभियानले सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा सहभागीताको लागि आव्हान गरेको छ।