पल शाह फेरी नयाँ फिल्ममा अनुबन्धित

काठमाडौँ:   करण सिंहको निर्माणमा बन्न लागेको चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन्। आर.के.एस.इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभ स्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ।

चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राबिधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ। माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ। चलचित्रको नाम केहि दिनमा औपचारिक रुपमा सार्वजनिक गरिनेछ।