चलचित्र ‘चपली हाईट ३ ’पुष २ गतेदेखि प्रदर्शन हुँदै

निराज रानाभाट
काठमाडौं : नेपाली चलचित्र ‘चपली हाईट – ३ ’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माता अर्जुन कुमारले यो सालको पुस २ गतेदेखि फिल्म प्रदर्शनमा आउने जानकारी दिए ।

‘ पुष २ गतेदेखि फिल्म प्रदर्शनमा आउने पक्का भयो ’, निर्माता कुमारले भने , ‘ यो मितीबाट चपली हाईट – ३ सर्दैन ’। कोरोनाका कारण ‘ चपली हाईट – ३ ’ को पटकपटक प्रदर्शन मिती सर्दै आएको थियो ।

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र‘चपली हाईट-३ ’मा स्वस्तिमा खड्का,सुपुष्पा भट्ट,अमिर गौतम,अर्पण थापा,महेश त्रिपाठी,प्रतिकमान श्रेष्ठ लगायत कलाकार मुख्य भूमिकामा रहेका छन् ।