गृहपृष्ठ Feature Post सत्यम : मालिका बाहिरिदा , पलको जोडी उपासना हुने

सत्यम : मालिका बाहिरिदा , पलको जोडी उपासना हुने

काठमाडौं :  छायाँकनको तयारीमा रहेको चलचित्र ‘सत्यम‘ बाट नायिका मलिका महत बाहिरिएकी छिन् । केही समय अघि चलचित्रको वर्कसपमा समेत सामेल भएकी नायिका महत बाहिरिएकी हुन् । उनको स्थानमा अर्की नायिका उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । उपासना नायक पल शाहको जोडीको रुपमा चलचित्रमा देखिने छिन् ।

पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेकी हुन् । मलिकाले चलचित्र छाड्नुको कारण उनको अध्ययन नै रहेको चलचित्रका निर्माता रेशम सापकोटाले प्रष्ट पारे ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक रहने छ।

सत्यम चलचित्र माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।