सरस्वती प्राथमिक विद्यालयमा दिपावली विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

नवलपुर : सरस्वती प्राथमिक विद्यालय सहयोगार्थ ` दिपावली विशेष साँस्कृतिक कार्यक्रम ´ कार्तिक १८ गते , बिहीबार ( आज ) सम्पन्न भएको छ ।
कुलेनी युवा समाजले आयोजना गरेको ` दिपावली विशेष साँस्कृतिक कार्यक्रम ´ मा सन्दीप न्यौपाने , सशान कँडेल , विनय कार्की , दुर्गा सापकोटा , विशाल पौडेल , प्रविन भण्डारी लगायतको प्रस्तुति रहेको थियो ।
` दिपावली विशेष साँस्कृतिक कार्यक्रम ´ भने गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका – १७ , कुलेनीस्थित रमाइलो चाेकमा भएको थियो ।