तिहारमा निर्देशक रोशन दासको कोसेली (भिडियो सहित)

काठमाडौं : हालै निर्देशक रोशन दासको तिहार गीत सार्वजनिक भएको छ। ‘तिम्ले के गर्छस्?’ बोल रहेको यस गीतका रचनाकार दास आफैं हुन् भने यसमा उनले अभिनय समेत गर्न भ्याएका छन् । गीतमा मनिला राई र सुरज सरदारले आवाज दिएका छन् । गीतमा निर्देशक दासको साथमा दीपिका दाहाल, सञ्जय श्रेष्ठ, नम्रता अर्याल लगायतका कलाकारलाई देख्न सकिन्छ । अविनाश राईले संगीत दिएका यस गीतमा राजन कार्कीको संगीत संयोजन रहेको छ । गीतलाई लिएर निर्देशक दास आशावादी देखिन्छन् ।