` सक्किगोनी ’अब ओटीटी प्लेटफर्ममा पनि , युट्युवमा अनधिकृत भिडियो राख्ने विरुद्ध उजुरी

 

काठमाडौं : लोकपि्रय हास्य टेलिश्रंखला ‘ सक्किगोनी ’ को पछिल्लो श्रंखला युट्युवमा अनधिकृत राख्ने विरूद्द उजुरी परेको छ । टेलिश्रंखला निर्माण कम्पनी जेपीटी क्रिएशन प्रा. लि. ले शनिबार नेपाल प्रहरीको साइबर ब्यूराेमा उजुरी दिएको हाे ।

कलाकार अर्जुन घिमिरे ‘ पाँडे ’ ले युट्युवमा सक्किगोनीको लोगो र नाम दुरूपयोग गरी ‘ सक्किगोनी अफिसियल ’ नामको च्यानलबाट भिडियो पोस्ट गर्ने विरुद्ध उजुरी दिएको बताए ।

आधिकारिक रूपमा आफूहरूले युट्युवमा भिडियो पोस्ट नगरेको अवस्थामा टेलिभिजनबाट स्क्रिन रेकर्ड गरी नक्कली च्यानलबाट युट्युवमा भिडियो पोस्ट भएको उनकाे भनाइ छ ।

साथै उनले गत बिहीबारदेखि नै ` सक्किगोनी ´ सिरियल नेपालका ६ वटा ओटीटी प्लेटफर्मबाट उपलब्ध भएको जानकारी दिए । यसअन्तर्गत ओहो मुभिज , क्लियर टिभी , भाया टिभी , डिशहोम गो , नेटटिभी लगायत छन् ।

ओटीटी प्लेटफर्ममा जानुपर्ने भएकाले पछिल्लो एपिसोड आधिकारिक युट्युव च्यानल ‘ जेपीटी क्रिएशन ’ मा नराखिएको बताउँदै उनले आगामी एपिसोड नियमित रुपमा राखिने जानकारी दिए ।