महानायक’को आवाजमा पहिलोपटक ‘ मन बुढो भएन ’ बोलको गीत भोलि सार्वजनिक हुँदै

 

काठमाडौं : नेपाली चलचित्रमा बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक राजेश हमालको आफ्नो आवाजमा पहिलोपटक ‘ मन बुढो भएन ’ बोलको गीत कार्तिक १७ गते , बिहीबार   , साँझ ०४:०० बजे सार्वजनिक हुँदै छ ।

गीतमा संगितकार दीपक शर्माको संगित एवम् शब्द रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा रोजश हमाल सहित एलिना चौहान , सुवास पुरी र बेनिशा पौडेलको आवाज रहेको छ । राजेश हमालकै इच्छामा उनलाई सुहाँउदो गीत दीपक शर्माले तयार पारेका थिए ।

महानायक राजेश हमाललाई संगितकार दीपक शर्माले दुई पटकसम्म अभ्यास गराएर स्टुडियोमा गीत रेकर्ड गराएका थिए ।