शुभ – दिपावली पर्वकाे २०७८ अवसरमा यति लाेक साँस्कृतिक साँझ हुँदै

म्याग्दी : लाेक संस्कृतिको संरक्षण , पर्यटन प्रर्वद्वन ´ भन्ने नारा सहित शुभ दिपावली पर्व – २०७८ काे पावन अवसरमा यति लाेक साँस्कृतिक साँझ – २०७८ ´ हुँदै छ ।

हाेटल यतिको आयोजनामा हुन लागेको यति लाेक साँस्कृतिक साँझ २०७८ मा लाेक दोहोरी गायक बसन्त थापा , पप गायक सम्भोज मल्ल , लोक दोहोरी गायक प्रकाश दुतराज , लोक दोहोरी गायक रवि कार्की , लोक दोहोरी गायिका मिलन विश्वकर्मा लगायतको प्रस्तुति रहनेछ ।

साथै यति लाेक साँस्कृतिक साँझ – २०७८ मा खुल्ला एकल नृत्य प्रतियोगिता समेत हुने छ , जसमा प्रथम पुरस्कार दस हजार ,दोस्रो पुरस्कार पाच हजार र तेस्रो पुरस्कार रु.तीन हजार  रहेको छ ।

कार्यक्रम भने कार्तिक १६ गते , मंगलबार ( आज ) दिउँसो ४ बजेदेखि म्याग्दी जिल्लाको बेनीस्थित हाेटल यतिको परिसरमा हुने छ ।