अनेरास्ववियु  बुटवल -१३ शाखा कमिटीले विविध सांस्कृतिक शुभकामना कार्यक्रम गर्ने

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ विद्यार्थी संगठन  अनेरास्ववियु रुपन्देही जिल्ला बुटवल उप महा नगरपालिका वार्ड न १३ शाखा कमिटीले संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्तिक १७ गते बुटवल उपमहानगरपालिका वार्ड न १३ स्थिति समाबेशी पथमा विविध ‘सांस्कृतिक शुभकामना कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रममा मुलुकमा विभिन्न जातजाति र समुदायका भेशभूषामा सजिएर राष्ट्रियस्तरका कलाकारले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिने अनेरास्ववियुका वार्ड न १३ शाखा कमिटी अध्यक्ष एवम् कार्यक्रम संयोजक प्रशान्त पौडेल ले बताए ।

मुलुकमा व्यावसायिक शिक्षा उपलब्ध गराई विद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्ने माग गर्दै शैक्षिक क्षेत्रमा आन्दोलन गर्दै आएको अनेरास्ववियु रुपन्देही जिल्लामै सवै भन्दा अग्रसर मा लागेको छ ।

विद्यार्थीको हकहितको निमित्त वार्ड १३ शाखा कमिटीले यस अगाडि नि विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थानीय क्षेत्रमा लुकेर बसेका कलाकरको प्रतिभा बिकास गर्नको लागि र केही नयाँ गर्न सोच भएकाले सम्पूर्ण लाई कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल पर्न कार्यक्रम संयोजक प्रशान्त पौडेलले बताए ।