मण्डलामा जीवनको रहस्य खोज्ने ‘जिजीविषा’ मञ्चन हुँदै

काठमाडौं :  मण्डला नाटकघर अनामनगरमा सोमबार र मंगलबार मण्डला थिएटर नेपालद्वारा संचालित मण्डला ड्रामा स्कुलुको पहिलो ब्याचका प्रशिक्षार्थीहरुको प्रस्तुति रहेको सोमनाथ खनाल’को लेखन र राजन खतिवडा’को निर्देशनमा नाटक ‘जिजीविषा, मञ्चन हुने भएको छ ।

कोरोना कहरका कारण लामो समय ठप्प जस्तै रहेको रंगमञ्च पुन:सुचारु हुन लागेको छ ।
कोरोना समयमा पनि बिचमा केहि नाटक गरि कलाकारहरुलाई उर्जाशील राख्न प्रयासरत रहेको नेपाली रंगमंच अब भने पूर्ण रुपमा सुचारु हुने आशामा छन् रंगकर्मीहरु । यसैबीच रंगकर्मीहरुको आशालाई यथार्थमा परिणत गर्दै मण्डला थिएटर नेपालले नाटक मञ्चन सुरु गर्न लागेको छ ।
‘जिजीविषा ‘ प्राणी संवेगको कथा हो । जन्मदेखि मृत्यु सम्मको यात्रालाई हामी जीवन भन्छौ भने ‘जिजीविषा’ जीवनको कथा हो । जीवनकालमा हामीले अनुभूत र अनुभव गर्ने हरेक गतिविधिलाई हामी हाम्रो दैनिक अथवा नियति भन्छौ भने ‘जिजीविषा’ नियतिको कथा हो । हामी बाँच्ने यस धर्ति र हामीलाई बचाउने धर्तीका हरेक स्रोत साधनलाइ हामी प्रकृति भन्छौ भने प्रकृतिको कथा हो ‘जिजीविषा’। यदि सास फेर्नु,हिड्नु,डुल्नु र व्यक्तिगत,पारिवारिक,सामाजिक आवस्यकता पुरा गर्नु वा पुरा गर्ने आकांक्षा लिएर हिड्नुलाई बाँच्नु भनिन्छ भने बाँच्नुको कथा हो ‘जिजीविषा’।
हिमालको फेदतिर बसोबास गर्ने माछाहरुको जीवनमा प्राकृतिक विपद आईपरेपछि तलाउ देखि समुन्द्र सम्म पुग्ने एउटा यात्रा छ नाटकमा । यात्रामा उनीहरुले प्राप्त गर्ने रोमान्चकता र उनीहरुले भोग्ने समस्याहरुलाई देख्न सकिन्छ ।

मानव जीवनमा जस्तै : माया,घृणा,लोभ,प्रलोभन,डर,साहस,रिस,आवेग,एकता जस्ता भावहरु नाटकमा पर्याप्त मात्रामा देख्न पाइन्छ । माछाहरुको यात्रा हेरिरहदा धेरै ठाउँमा आफ्नै जीवन संग मिल्ने घटनाहरुको साक्षी हुन पाइन्छ ।
नाटकमा प्रस्तुत हुने कलाकारहरुको शारीरिक हाउभाउ र अभिनयले नाटकलाई जीवन्त बनाएको छ । निर्देशिकीय काल्पनिकता,अभिव्यक्ति सुहाउँदो र विश्वसनीय छ । नाटकमा प्रयोग भएका प्रकाश परिकल्पना र परिचालनले कथालाइ थप जीवन्त बनाउन मद्दत गरेको छ । कथालाई दर्शकसंग जोडीराख्न र कथालाई अगाडी बढाउन संगीत पक्षको भूमिका पनि अर्थपूर्ण रहेको छ ।

नाटकमा कलाकारहरु : आकाश नेपाली,आदित्य मिश्र,अनिल कुर्मी,सुस्मिता पोख्रेल,सुस्मिता गुरागाई,बिष्णुमाया परियार,शिव परियार, सन्जय बिस्वकर्मा, समृद्दी नेपाल,सरिता कठायत,पासाङ ल्हामु शेर्पा,सुमित्रा पोहिम,हाङ्ग ओ हाङ्ग राई,दीक्षा चौधरी,प्रदिप ढुंगानाको अभिनय रहेको छ भने निरज चौधरी प्रस्तुतकर्ताको भूमिकामा रहेका छन् । पूर्व अभ्यासको समयमा घुँडामा चोट लागेका कारण निरज अभिनयतर्फ जोडिन नसकेका हुन् ।
त्येसैगरि नेपथ्य तर्फ :
मंच व्यवस्थापन : बिजया कार्की
निर्माण परिकल्पना : देव न्यौपाने
गीत लेखन/संबाद सम्पादन : विप्लव प्रतीक
ध्वनि मुद्रण : छत्रमणि काफ्ले
गायन : उत्सब बुढाथोकी,छत्रमणि काफले,प्रेरणा श्रेष्ठ,तस्लिमुन केसी,कविता राई,खुस्बु रानामगर,बिशाल नकर्मी
बाध्यवादन : सुयश सिंह (गितार) धनबहादुर गुरुङ (बाँसुरी)
मंच परिकल्पना स् बिमल सुबेदी
मन्च सामाग्री : जेनी सुनुवार,कृपा खड्गी,सुमिता मोक्तान
प्रकाश : उमेश तामाङ
भेषभूषा : रन्जना ओली,सुवानी मोक्तान,सुजन परियार
ध्वनि परिचालन :सुदिप खातिवडा
मन्च निर्माण : हुम बिसी
अभिनय प्रशिक्षण : माइकल थोनहाउजर
गतिशील नाट्यविज्ञान कार्यशाला :नाजिर हुसेन
नृत्य प्रशिक्षण : जे.डी. तमु
प्रचार सामाग्री : सिदान्त पुडासैनी
सामाजिक संजाल व्यवस्थापन : सागर प्रसाई
अभिलेखन : सन्जिता पराजुली
श्रव्यदृश्य अभिलेख : सुशील तामाङ
निर्माण व्यवस्थापन : सन्तोष घिमिरे
लेखा : नारद प्रसाद अधिकारी
बक्स अफिस : सुष्मा विष्ट
कार्यालय सहयोगी शान्ता माझीको भूमिका रहेको छ ।
नाटक दुई दिन मन्चन पश्चात मण्डला थिएटरको अफिसियल युटुब मार्फत सार्वजनिक गरिने कुरा पनि लेखक सोमनाथ खनाल’ले जानकारी दिए ।
मण्डला ड्रामा स्कुलको एक वर्षीय नि:सुल्क आवासीय नाटक कार्यशालामा सहभागी १६ जना प्रशिक्षार्थीहरुको फाईनल प्रोडक्सन रहेको र अब सहभागीहरुले आ-आफ्नो स्थानीय ठाउँमा एउटा प्रस्तुति तयार गरि अनिवार्य प्रस्तुत गर्नुपर्ने निर्देशक राजन खतिवडाले बताए ।


तस्बिर सौजन्य : सुशील तामाङ मण्डला थिएटर