एमाले : स्याङ्जाको पुतलीबजार नगरपालिका- ११ को वडा अधिवेशन सम्पन्न

राजन प्रसाद पौडेल 

स्याङ्जा : नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा जिल्ला अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ११ को वडा अधिवेशन आज वडाको बगालथोक स्थित सूचना केन्द्रको हलमा सम्पन्न भएको छ । कार्यक्रम खुला सत्र र बन्द सत्र गरि दुई चरणमा गरि सम्पन्न भएको हो ।

खुला सत्रको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश कमिटी सदस्य ईश्वरी सिग्देल अर्याल(अमृता) ले आफू पहिला जनयुद्धबाट माओवादीबाट राजनीतिमा प्रवेश गरेको भए पनि एकीकरण फुटेको माओवादीमा नगई आफुलाई के.पी ओलीको विचार नै राम्रो लागेर एमालेमै रहेको र एमाले पार्टी नै सच्चा कम्युनिष्ट भएको र आगामी निर्वाचनमा ११ नं वडामा कम्युनिष्ट सबल हुने दाबी समेत गरेकी थिईन ।

कार्यक्रमलाई शुभकामना सन्देश दिंदै विशिष्ट अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज डोब वहादुर कार्कीले कम्युनिस्टहरुले आफ्नो व्यबहार परिवर्तन गरेर नमूना बनेर जनताको मन जित्नु पर्ने कुरामा जोड दिएका थिए ।

यसैगरी जिल्ला कमिटी सदस्य अनन्त नारायण श्रेष्ठ, बाबुकाजी जि.टी., निजामती कर्मचारी संगठन स्याङ्जाका अध्यक्ष अमर वहदुर पराजुली लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

नेकपा एमाले ११ नं वडाका अध्यक्ष ख्यामबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई स्वागत मन्तव्य सबिन लामिछाने र संचालन सचीव जीवनप्रसाद पौडेलले गरेका थिए ।
अधिवेशनले जीवनप्रसाद पौडेलको अध्यक्षतामा २८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।

निर्विरोध निर्वाचित सदस्यहरु :

१) जीवनप्रसाद पौडेल ( अध्यक्ष )
२)केशव वहादुर अर्याल ( उपाध्यक्ष )
३) शिव लामिछाने ( सचीव )
४) दिलसुवा गुरुङ ( उपसचिव )
५) दिपककुमार श्रेष्ठ (उपसचिव ) लगाएत अन्य सदस्यहरु रहेकोे वताइएको छ ।