आईसीसी टी–२० विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायाे

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । आबुधाबीमा आज बुधवार नेदरल्यान्ड्सले दिएको एक सय ६५ रनको लक्ष्य नामिबियाले चार विकेट गुमाएर १९ ओभरमै पूरा गर्‍याे । नामिबियाका लागि डेभिड वाइसले अविजित ६६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ७० रन बनाए ।आजको जितसँगै नामिबियाको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । नेदरल्यान्ड्सले भने लगभग बाहिरिएकाे छ ।