कटारी नगरस्तरीय निर्वाचनबाट प्रकाश थापाको प्यानल नै निर्वाचित

भावना थापा

उदयपुर : नेपाली काँग्रेसको १४ औं अधिवेसनको कटारी नगरस्तरीय निर्वाचनबाट प्रकाश थापाको प्यानल नै निर्वाचित भएको छ ।

हिजो उदयश्री बहुमुखी क्याप्पसमा भएको निर्वाचनको मत परिणामबाट प्रकाश थापा निर्वाचित भएका हुन् । गएराति सम्पन्न मत परिणाम अनुसार सभापतिका प्रकाश थापाले १४९ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी उपसभापतिमा उमेश कार्की १५९ मत र विनोद श्रेष्ठ १३९ मत सहित निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा उत्तरकुमार राई १४५ मत र फुर्वा तामाङ्ग १२६ मत ले बिजयि भएका हुन् ।

त्यस्तै सह सचिवमा १३५ मत सहित दिलबहादुर थापा गणेश र १३० मत सहित मिनकुमार आले मगर निर्वाचित भएका छन् । निर्वाचनमा जम्मा २५६ मत खसेको थियो ।