आजदेखि “पुरानो घर” मा नाटक “म”

काठमाडौं : करिब ४ वर्षको हाराहारीमा खुल्न सकेको “पुरानो घर” नाटक घरमा नयाँ नाटक “म” को आजदेखि मञ्चन सुरु हुँदै छ ।

पहिलो बन्दाबन्दीले नै सामूहिक नाटक “रोटेपिङ्ग” लाइ स्थगनको अवस्थामा पु¥याइसकेको हुनाले यसपटक भने रङ्गकर्मी सुलक्षण भारती एकल नाटक “म” लिएर उपस्थित भएका छन् ।
नाटक घरको स्थापना र निमार्ण कार्यमा देखा परेका असामन्जस्यताका कारण स्थापनाको समयान्तराल नै करिब ४ वर्ष पुगेको यस नाटक घरमा हालको कोरोना महामारीलाइ ध्यानमा राख्दै एकल नाटक गरिने निर्णय गरेको हो । करिब १०० दर्शक सङ्ख्याको क्षमता राख्ने यस नाटक घरमा ४० जनाको हाराहारीमा नाटक मञ्चन गरिने बताइएको छ । एक कलाकारको जिन्दगीमा १५÷१६ वर्षको अनवरत त्याग, तपस्या, भोक, ऊर्जापछि उसले भोगेको अनुभवमा समेटिएको छ नाटक म । करिब १ घण्टा १५ मिनेट लामो यस नाटक २० दिनमा तयार भएको हो । जहाँ कलाकार, भारतीका अनुसार उक्त नाटक एक कलाकारले पत्ता लगाएको म हो । नाटकको नाम पहिले एक्वा रहेको थियो भने कलाकार, निर्देशक भारतीले म बनाएका हुन् ।
अशोज १ देखि सुरु हुने नाटक हरेक साँझ ५ः१५ को निश्चित समयमा सुरु हुने बताइएको छ । जसको साथसाथै हरेक शनिबार दिउँसो १ बजे पनि नाटक हेर्न सकिनेछ ।