कविता -बाल अधिकार : हेमराज गुरुङ

जीवन त दियौ तर दिएनौ अधिकार

बिन्ती गर्छु नगरौ बाल जीवन धिक्कार

पाउँनु पर्छ सबै बालबालिकाले आफ्नो अधिकार

बिशेष गरी पढ्ने र लेख्ने सपना साकार

नलगाऔँ यिनीहरुलाई बाल श्रममा

माया र इज्जत दिउँ सबै काममा

नगरौँ यिनलाई भेदभाव

मानिस हौ तर छैन कसैमा सद्भाव

जबर्जस्ती काममा लगाई नगरौ हनन बालअधिकारको

सबैलाई थाहा छ यिनै हुन कर्णधार भवि

बनाउ हाम्रो सपना साकार

बाल श्रममा लगाइ नबनाउ हामीलाई धिक्कार

मन त छ होला सबैलाई बालबालिकालाई

तर किन हो उनीहरुले नपाउने पढिलेखी ठुलो बन्नलाई

                       -हेमराज गुरुङ