नेपाल बाल संगठन जिल्ला कार्य समिति रुपन्देही द्धारा बालबालिका लक्षित विभिन्न प्रतियोगिता सम्पन्न

बुटवल : राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले बालबालिकाहरुलाई लक्षित गरेर चित्रकला, बाल गित र बाल कविता प्रतियोगिता सम्पन्न गरेको छ । बुटवलको कालिका मानवज्ञान विद्यालयमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका विभिन्न २२ बिद्यालय सहभागी भएका थिए ।

नेपाल बाल संगठनले चित्रकला प्रतियोगिता र बालगित प्रतियोगितालाई कक्षा १–६ सम्मको समुह–क र कक्षा ७–१० लाई समुह–ख गरी दुई समुहमा विभाजन गरी सञ्चालन गरेको थियो ।

कविता प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको एउटा मात्रै समुह बनाएर सञ्चालन गरेको थियो ।
चित्रकला प्रतियोगितामा समुह (क) बाट एभरेष्ट बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र इभान्जल थापा प्रथम भएका थिए भने दिप बोर्डिङ्ग स्कुलको कक्षा ६ मा पढ्ने सम्राट श्रेष्ठ द्धितिय र देवदह बोर्डिङ्ग स्कुलको कक्षा ६ मा पढ्ने एलिना श्रेष्ठ तृतिय भएकी थिइन ।

प्रतियोगिताको समुह–ख बाट दिप बोर्डिङ्गका कक्षा ९ मा पढ्ने कृष राना प्रथम, आवर पिस ल्याण्ड स्कुल कक्षा १० मा अध्ययनरत छात्र द्धितिय र कालिका मानव ज्ञान स्कुल कक्षा ९ का राजन न्यौपाने तृतिय भएका छन् ।

बालगित प्रतियोगिता तर्फ समुह (क) बाट एभरेष्ट स्कुल कक्षा ६ मा अध्ययनरत कलश भट्टराई प्रथम, केरवानी मावि कक्षा ६ मा अध्ययनरत मनिषा भुसाल द्धितिय र न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ५ मा अध्ययनरत खुशी घर्ति मगर तृतिय भएका छन् ।

प्रतियोगिताको समुह ख बाट न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत रेनुका सुनार प्रथम, दिप बोर्डिङ्ग कक्षा १० मा अध्ययनरत सुजिता सुवेदी द्धितिय र एभरेष्ट बोर्डिङ स्कुल कक्षा १० का सौमन्य मोक्तान तृतिय भएका छन् ।

त्यसैगरी बाल कविता प्रतियोगितामा कालिका मानवज्ञान स्कुल कक्षा ८ मा अध्ययनरत विवेक खराल प्रथम, केरवानी मावि कक्षा १० का सुदिप ढकाल द्धितिय, सगरमाथा मावि कक्षा ९ की ओजस्वी न्यौपाने तृतिय भएकी छन भने उक्त प्रतियोगितामा देवदह बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत छात्रा कृष्टिना थापा र लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ९ मा अध्ययनरत छात्र समिर घिमिरे सान्त्वना भएका छन् ।

चित्रकला प्रतियोगितामा नेपाल ब्यावसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापा र सोही संघका सल्लाहकार एचवि रम्तेलले निर्णायकको भुमिका निर्वाह गनुृभएको थियो । त्यस्तै बालगित तर्फ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष नारायणबहादुर थापा, छमछमी कला केन्द्रका सञ्चालक किशोर थापा र गायक तथा संगितकार टिकाराम गौतमले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यसरी नै कविता प्रतियोगितामा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सचिव दलबहादुर गुरुङ्ग, लुम्बिनी बाङ्य प्रतिष्ठान रुपन्देहीका सचिव कृष्ण गाउले, साहित्य संगम बुटवलकी गितारानी बलालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

बाल संगठनद्धारा आयोजित कविता तथा बाल गित प्रतियोगितामा बाध्यबादकको रुपमा कलाकारहरु बिजय सापकोटा, रमेश कौशल, रमेश रेश्मी मगर र सेजन बयम्बु मगर रहनुभएको सबै प्रतियोगिताको सञ्चालन रेडियो उद्घोषक कृष्ण पाण्डेले गर्नु भएको थियो ।

प्रतियोगितामा कालिका मानवज्ञान क्याम्पसमा रहेको कानुन विद्यार्थी समाजका अध्यक्ष सन्दिप पौडेल क्षेत्री लगायतको समुहले स्वयंसेवकिय भूमिका निर्वाह गरेको थिए ।

नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष बिधा न्यौपानेले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा कार्य समिति उपसभापति अन्जु श्रेष्ठको स्वागत मन्तव्य र सचिव कल्पना पाण्डे मगरको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट छात्रछात्रालाई राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गते पुरस्कार वितरण गरिने तथा सोही दिन बुटवल र भैरहवा बाल मन्दिरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको जिल्ला समितिका सभापति साजन भण्डारीले भिजन न्युज नेपाल लाई बताए ।