बर्दिवासको बारेमा बनेको गीत विमोचन

बर्दिवासको समग्र विधालाई समेटेर तयार पारिएको ‘बर्दिवास हाम्रो हो, हामी सबैको’ गीत यही वैशाख १२ गते बुधवारको दिन बर्दिवास नगरपालिकाको सभाहलमा भव्यताका साथ विमोचन भएको छ ।

प्रदेश महोत्तरी क्षेत्र नं. १ (क)का सांसद गृह तथा सञ्चार राज्यमन्त्री शारदा देवि थापा, उपमेयर तारादेवी महतो, वरिष्ठ कलाकार पूर्ण परियार, वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्का, ब.न.प.का पूर्व प्रशाशक राम कुमार कार्कीलगायतले आ-आफ्नो हातमा ‘बर्दिवास हाम्रो हो, हामी सबैको’ लेखिएको पिपलको पात समाई उक्त गीतको विमोचन गरेका थिए ।

उक्त विमोचन कार्यक्रममा गीतका स्रष्टा जिवनाथ पोखरले कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै उक्त गीतको बारेको प्रकाश पारेका थिए । सांसद गृह तथा सञ्चार राज्यमन्त्री शारदा देवि थापाले उक्त गीत बर्दिवासको चिनारी भएको र गीतलाई बर्दिवासको स्थानिय पाठ्यक्रममा समेटिनुपर्ने आफ्नो राय प्रस्तुत गरेकि थिइन् । त्यसैगरी ब.न.पा.का प्रमुख प्रशाशकिय अधिकृत धर्मानन्द जोशीले अडियो गीतले छायाङ्कन पाएपछी त्यसले प्राण पाउने तथा गीत उत्कृष्ट रहेको बताएका थिए । यसैगरी यस गीतका गायक /सङगीतकार तथा गीतकारले गरे जस्तै यस नगरभित्र बसोबास गर्ने हरेक समुदायको कला संस्कृतिलाई उजागर गर्नुपर्ने बताउँदै कार्यक्रमका सभाध्यक्ष भोला खड्काले उक्त कार्यक्रमलाई समापन गरेका थिए ।
कार्यक्रमको अन्त्यतिर ब.न.पा.का मेयर प्रह्लाद कुमार क्षेत्रीकोसमेत उपस्थिती रहेको यस कार्यक्रममा बर्दिवास नगरका सबै वडाध्यक्ष, सदस्य, नगरका कर्मचारी, पत्रकारलगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई कुशल सञ्चालिका यशोदा श्रेष्ठले सञ्चालन गरेकी थिइन ।

जिवनाथ पोखरेलको स्वर, शब्द, सङ्गीत रहेको बर्दिवास हाम्रो हो, हामी सबैको गीतमा पोखरेललाई स्वरमा रिता केसीले साथ दिएकी छिन । उक्त गीतलाई Bardibas Talk Show नामक युट्युब च्यनलमार्फत हेर्न सकिने छ ।