चन्द्रागिरी च्याउ तथा तरकारी उत्पादन कृषक समूह गठन: मन्त्री आलेद्वारा उद्घाटन 

काठमाडौं : चन्द्रागिरी नगरपालिकामा च्याउ तथा तरकारी खेती गर्दै आएका किसानहरुको समूहमा चन्द्रागिरी च्याउ तथा तरकारी उत्पादन र बिक्रि कृषक समूह गठन तथा कार्यालय उदघाटन भएको छ।

बागमती प्रदेशका बिना विभागिय मन्त्री रमा आले मगरको प्रमुख आतिथ्यता र चन्द्रागिरी नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रहलाद रिजालको विशेष आतिथ्यमा शुक्रबार समूहको गठन तथा कार्यालय उद्घाटन भएको हो ।

चन्द्रागिरी नगरपालिका वडा न ८ ढाक्सीमा शुक्रबार उद्घाटन भएको समूहको अध्यक्षमा श्याम कृष्ण राउत,सचिवमा नुन बहादुर घलान (प्रदिप ) र कोषाध्यक्षमा दुर्गा तामाङ सहित ७ सदस्यीय सञ्चालक समिति गठन भएको समूहका सचिव नुन बहादुर घलान (प्रदिप) ले जानकारी दिए ।

चन्द्रागिरी नगरपालिकामा च्याउ तथा तरकारी खेती गर्दै आएका किसानहरुको च्याउ र तरकारी उत्पादन र बजारीकरणका सन्दर्भमा देखापरेका समस्या समाधानका लागि पहल गर्नुको साथै च्याउ तथा तरकारी खेतीलाई वृहत बनाई अहिले देखिएको युवाहरुको विदेश पलायनलाई रोक्ने उद्देश्यले समूह गठन गरिएको समूहका सचिव घलानले बताए ।

सरकारले अहिले कृषकहरुलाई दिने अनुदान लिन धितोपत्र राख्ने लगाएत विभिन्न झमेलाहरु हुने भएकाले अनुदान खाए खा नखाए घिच भन्ने अवस्था रहेकाले यो अवस्था सरकारले सच्याउनुपर्ने र कृषि गर्ने किसानहरुलाई बिना धितो अनुदान दिनुपर्ने सचिव घलानको भनाई छ।

च्याउ तथा तरकारी कृषकहरुले भोग्नु परेका समस्याहरु दाउरा ,पराल ,बीउ विजन,ढुवानी, कृषि अनुदान ऋणबाट बन्चित हुनु लगाएतका समस्यालाई समूहले छलफल गर्दै सम्बन्धित निकायमा गई समाधान गर्न पहल गर्नुको साथै च्याउ र तरकारी खेतीलाई वृहत बनाउने योजना समूहको रहेको छ ।