स्याङ्जामा आगो निभाउने क्रममा जलेर एक एक जनाको मृत्यु

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जामा आगो निभाउने क्रममा एक जनाको जलेर मृत्यु भएको छ ।

आज दिउँसो ३:४५ बजेको समयमा स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङले आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्किएको र सो आगो निभाउने क्रममा जली घटनास्थलमानै मृत्यु भएको हो ।

घटना बारेमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।