ललितपुरमा एक युवकको शव फेला

ललितपुर : ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव फेला परेको हो ।

 सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको छ।

सो स्कुटरको ब्लु बुक रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ घर भएका रोहित गौतमको नाममा छ।