वैशाख २ गते बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : बुधबार बसेको प्रतिधिनिधि सभाको बैठक २०८१ वैशाख २ बस्ने गरी स्थगित गरिएको छ । विशेषा समयमा दलका सांसदहरूले आ-आफ्नो कुरा राखेका थिए ।

सो समय सकिएपछि प्रतिपक्षी दलहरू आ–आफ्नो ठाउँमा उभेर बैठक अवरुद्ध गरेका थिए । आ-आफ्नो स्थानमा बस्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदहरू नबसेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।