सामान्य पाेलमा थ्री फेज लाईन ,हिमआराेहीकाे सिङ्गो गाउँ पीडामा


दाेलखा : नेपाल विद्युत प्राधिकरण दोलखाको लापरबाही कारण सिङ्गो गाउँ पीडामा परेकाे छ।सर्वोच्च शिखर सगरमाथाकाे सफल आराेहण गर्ने हिम आराेहीहरू बस्ने सिमीगाउँवासी सामान्य पाेलमा थ्री फेज लाईन जाेडे वापत सिङ्गो गाउँ नै आतंकित बनेकाे हाे ।

स्थानीय घट्टेखोला बाट उत्पादन भएको १५ किलो वाट लघु जलविद्युतको प्रसारण लाईन मै विद्युत प्राधिकरण दाेलखाले थ्री फेज लाईन जोडिदा साना साना बत्ती पाेलका कारण हावा चल्दा घरमा छाेईनी कारण गौरीशंकर गाउँपालिका वार्ड न ९ सिमीगाउँका जनता त्रसित भएकाे स्थानीय बिमल आचार्यले बताए । हावाहुरी चल्दा घरबा निस्किएर बस्नुपर्ने अबस्था छ आचार्य भन्छन हुन सक्ने मानवीय क्षेतिकाे राेगथाम बेलैमा नगरे नेपाल विद्युत प्राधिकरण दोलखाले ठुलाे मुल्य चुकाउनु पर्छ।

सर्वसाधारणकाे जीवन रक्षाकाे लागि सराेकारवालाकाे ध्यान जाओस भनेर संचारकर्मीहरूलाई भेट्न शआएका हाै। पटक पटक सुरक्षित पाेल गाडिएर बिधुत लाईन बिस्तार गर्न अनुराेध गर्दा जनता आवाज नसुन्ने ,घरकाे छानाे नजिकै पाेल हुदा समेत निकम्ब बनिरहने प्राविधिले जनताको ज्यानमा तल माथि भएकाे दिन सिमी गाउँवासीले छाेड्ने छैनन स्थानीय दाफिन्जु शेर्पा ले चेतावनी दिए ।

अप्पर तामाकोसी हाईड्रोपावर लिमिटेडको अत्ति प्रभावित क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिका वार्ड न ९ सिमिगाउ क्षेत्रमा अप्पर तामाकोसी तथा नेपाल विद्युत प्राधिकरण दोलखाले लार्वाहीले गरेर बिधुतिकरण गरेका कारण जनता समस्यामा परेका छाै स्थानीय शेर्पाले बताए ।

तत्काल नागरिककाे समस्या सम्बाेधन नगरे अप्पर तामाकोसी हाईड्रोपावर लिमिटेड र नेपाल बिद्युत प्राधिकरण दाेलखामा तालाबन्दी गरेर आन्दाेलनकने आँधिबेरी सृजना गर्ने चेतावनी नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले दिएछन ।नागरिककाे जीवन रक्षामा संम्वेदनशिल नहुने कुनै कर्मचारीलाई लाई दाेलखाली जनताले छाेडेनेछैन ,तत्काल सिमीगाउँ पुगी पक्की पाेल राखी बिधुत लाईन बिस्तार गर्न अध्यक्ष चाैलागाईले आग्रह गरेकाछन ।