सरकारले आगामी आ.व मा रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।

उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्‍गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।