मिटरब्याज विरुद्धको आन्दोलन २६ औं दिनमा

काठमाडौं: मिटरब्याज विरुद्धको आन्दोलन आज २६ औं दिनमा पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरू भएको आन्दोलन यतिबेला काठमाडौँ केन्द्रित छ । आज २६ औं दिनमा काठमाडौँमा विरोधसभाको आयोजना गरेका छन् ।

आज उनीहरूले दिउँसो १ बजेदेखि पैदल यात्राको आयोजना गरेका छन् । दिउँसो भृकुटीमण्डप–पद्मोदय मोड– पुतलीसडक–बागबजार–रत्नपार्क हुँदै भृकुटीमण्डमा पुगेर नै विरोधसभाको आयोजना गरिएको छ । विरोधसभा दिउँसो २ः३० बजे आयोजना हुने मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संर्घष समितिले जनाएको छ ।

मिटरब्याज विरुद्धको आन्दोलनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पीडितहरू हिँडेरै काठमाडौँ आएका छन् ।