प्रचण्डको जवाफ : प्रत्यक्ष निर्वाचनबाटै केन्द्रीय सदस्य चुनौं

काठमाडौं: माओवादी केन्द्रले निर्वाचनबाटै केन्द्रीय सदस्यहरु चुन्ने भएको छ ।

मंगलबारदेखि जारी विधान सम्मेलनमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने बताएका हुन् ।

माओवादीमा १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ भने ११ जनाको कार्यालय बनाउने प्रचण्डले बताएका छन् ।