नीतिश कुमार नवाैं पटक बिहारको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं : भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् ।

यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी  भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास) नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।

आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन्  । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवाैं पटक हो । नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।

फेरि बिजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।