उद्योग ब्यापार संघ कपिलवस्तु उत्कृष्ट संघको रुपमा सम्मानित

  कपिलवस्तु: उद्योग ब्यापार संघ  कपिलवस्तु लाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक कार्यहरु गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मानित भएको छ ।

नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अबसरमा कार्यक्रमका प्रमुख अतिथी उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” लाई संमान पत्रले सम्मान गरेका थिए ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भएको छ ।